माधव नेपालको आरोप– ओली नेतृत्वको सरकारले एमसीसीलाई इन्डो प्यासेफिकको अंग बनाए

249

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारले एमसीसीलाई इन्डो प्यासेफिकको अंग बनाएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौँमा एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष नेपालले ओली सरकारका तत्कालीन मन्त्री प्रदीप ज्ञवालीले नै नेपाललाई इन्डो प्यासेफिकको अंग बनाउने कागजमा सही गरेको आरोप लगाए ।

उनले एमसीसी सम्झौता यथास्थितिमा पारित हुन नसक्ने अडान दोहोर्‍याए । सरकारभन्दा देश र जनताको स्वाभिमान ठुलो कुरा भएको भन्दै उनले विशुद्ध आर्थिक सहयोगको परियोजनाका रूपमा मात्रै एमसीसी स्वीकार गर्न सकिने धारणा राखे ।

त्यस्तै, अध्यक्ष नेपाले छिमिकी राष्ट्रको सुरक्षामा आँच आउने गरी नेपालले कुनै पनि काम गर्न नसक्ने जिकिर गरे । उनले एमसीसीका बहानमा एमालेले षडयन्त्र गर्न खोजेको टिप्पणी गरे ।

अध्यक्ष नेपालले एमसीसी सम्झौताको विषयलाई जोडेर एमालेले सभामुख र आफूसहित पार्टीका नेताहरुलाई अपदस्थ गर्न खोजेको समेत उल्लेख गरे ।

Share This:
सम्बन्धित खबर
Loading...