एमसीसीकै कारण गठबन्धन टुट्ने खतरा बढ्यो, अन्तिम उपाय खोज्दैछौँ : प्रचण्ड

112

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)कै कारण वर्तमान सत्ता गठबन्धन टुट्टने खतरा बढेको बताएका छन् । उनले आफूहरु प्रतिगमनकारी गठबन्धन अगाडि नआओस् भन्ने पक्षामा प्रयासरत रहेको र अन्तिम उपाय खोजिरहेको समेत बताए ।

माओवादी सशस्त्र द्वन्द्वका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति तथा सहित सप्ताहको स्मृतिमा आज पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिले सत्ता गठबन्धन राष्ट्रियता, संविधान र लोकतन्त्र बचाउन बनेको दाबी गरे ।

“एमसीसीको समस्या समाधान होस, गठबन्धन पनि नटुटोस् भन्ने कुनै उपाय छ कि भनेर अन्तिम प्रयास गरिरहेका छौँ । नत्र एमसीसीकै कारण हामी हिजो जसलाई प्रतिगमनकारी भन्यौँ, जुन कदामलाई प्रतिक्रान्तिकारी भन्यौँ, जसको भण्डाफोर गरेर नयाँ गठबन्धनको जन्म भयो फेरि त्यहीँ शक्ति फर्किने खतरा छ,” उनले भने ।

गठबन्धन र सरकार बनिसकेपछि पनि न्यूनतम साझा कार्यक्रममा कहीँ पनि एमसीसीको चर्चा नगरिएको उनको भनाइ छ ।

कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्का प्रथम सहिद रम्तेलको स्मृतिमा अक्षयकोष बनाउने घोषणासमेत गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...