भूपूविद्यार्थीद्वारा महेन्द्र उमाविमा अक्षयकोष स्थापना

613

खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ स्थित महेन्द्र उच्च माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीहरुले अक्षयकोष स्थापना गरेका छन् ।

शुक्रबार विद्यालयको ६५औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा २०६३ सालमा कक्षा १० मा अध्ययन गरेका विद्यार्थीहरुले १ लाख २८ हजार ८१५ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

‘संरक्षक, विद्यार्थी नेतृत्व क्षमता विकास प्रोत्साहन कोष’का लागि २०६३ मा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुबाट संकलित १ लाख २८ हजार ८१५ रुपैयाँ विद्यालयलाई प्रदान गरिएको भूपूविद्यार्थी अमृत गुरुङले जानकारी दिए ।

कक्षा १० मा ६० जना विद्यार्थीहरू रहेका थिए ।

वार्षिक उत्सव कार्यक्रममा विद्यालले विभिन्न कार्यक्रम, खेलकुदलगायत अन्य कार्यक्रमकाे आयोजना गरिएकाे थियो । साे अवसरमा विद्यालयले विभिन्न दाताहरुलाई प्रशंशाप्रत्रसहित सम्मानसमेत गरेको थियो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, अभिभावकलगायतको उपस्थिति रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...