काठमाडौँ । शुक्रबार बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी फागुन १५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
सचिवालयले बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना प्रकाशित गरी विशेष कारणवश शुक्रबारको बैठक बस्न नसक्ने भएकाले पर्सी (आइतबार)सम्मका लागि स्थगित गरिएको जानकारी गराएको छ ।
बिहीबार फागुन १२ गतेको बैठक पनि यसैगरी सूचना टाँस गरी आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतामा सैद्धान्तिक छलफल हुने र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७÷७८ पेस गरिने कार्यसूची रहेको थियो ।