एमसीसीको विपक्षमा उभिने माओवादी केन्द्रको निर्णय

94

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विपक्षमा उभिने निर्णय गरेको छ ।

शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निवास खुमलटारमा बसेको उपलब्ध पूर्वस्थायी समिति सदस्यहरुको बैठकले गठबन्धन जोगाएर एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने पनि निर्णय गरेको छ ।

“एमसीसीका विषयमा विपक्षमा उभिने निर्णय भयो । यस्तो अवस्थामा गठबन्धन जोगिए जोगाउने, नजोगिए सडक संघर्षमा जाने भन्ने कुरा भएको छ,” बैठकमा सहभागी नेता लिलामणि पोखरेलले भने ।

खुमलटारमा भएको पार्टीको निर्णयबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी दिन अध्यक्ष प्रचण्डले एक नेतालाई बालुवाटार पठाउन लागेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...