सरकारबाट बाहिरिने तयारीमा रहेको माओवादी जुट्यो आन्तरिक छलफलमा

272

काठमाडौँ । एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन नै धरापामा परेपछि नेकपा (माओवादी केन्द्र)का नेताहरु बिहानैदेखि छलफलमा जुटेका छन् । अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निवास खुमलटारमा नेताहरु छलफलमा जुटेका हुन् ।

बैठकमा सत्ता गठबन्धनमा उत्पन्न परिस्थिति, एमसीसी र सरकारबाट बाहिरिनेलगायतका विषयमा केन्द्रित रहेको एक नेताले बताए । ती नेताका अनुसार बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डबीच भएको भेटका विषयमा बैठकमा गम्भीरताका साथ छलफल हुने छ ।

छलफलका लागि पार्टीका पूर्वस्थायी कमिटी सदस्यहरुलाई प्रचण्डले खुमलटार बोलाएका हुन् ।

एमसीसी परियोजना अहिलेकै अवस्थामा पास गर्न नसक्ने र संसदमा मतदान भए विपक्षमा जाने निर्णय गरिसकेको माओवादी केन्द्रभित्र अहिलेको अवस्थामा सरकारबाट बाहिरिनुपर्ने दबाब पनि बढेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...