एमाले अध्यक्ष ओली पोखरा जाँदै

236

काठमाडौँ । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदैछन् ।

बिहान ११ बजे पोखरा पुग्नेगरी ओली पोखरा जान लागेका हुन् । ओली दिउँसो २ बजे काठमाडौँ फर्कने गरी पोखार जान लागेको एमाले कास्कीले जनाएको छ ।

पोखरामा विभिन्न पार्टी परित्याग गरे नेता कार्यकर्ता एमालेमा आउने भएपछि उनीहरुलाई स्वागत गर्ने कार्यक्रममा सहभागी हुन ओली पोखरा जान लागेका हुन् ।

विशेषगरी एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा भित्र्याउने उद्देश्यले ओली पोखरा जान लागेका हुन् ।

त्यसैगरी जनता समाजवादी पार्टीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज गणेशमान गुरुङसहित विवेकशील साझा पार्टीका नेताकार्यकर्ताहरु पनि आफ्नो पार्टीमा प्रवेश गर्ने कार्यक्रम रहेको एमाले कास्कीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...