प्रधानमन्त्री देउवा र ओलीबीच ‘वान टु वान’ वार्ता

256

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच ‘वान टु वान’ वार्ता सुरु भएको छ ।

यसअघि सत्तारुढ दल नेपाली कांग्रेस र एमालेका नेताहरु सहभागी भए पनि बाँकी नेताहरु बाहिर निस्किएको बताइएको छ ।

“यसअघि कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङ सहभागी हुनुहुन्थ्यो । दुई नेताबीच छलफल हुने भएपछि उहाँहरु निस्किनुभएको छ,” एक कांग्रेस नेताले बताए ।

आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीसहितका नेताहरुबीच छलफल सुरु भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...