एमसीसीबारे धारणा बनाउन लोसपा संसदीय दलको बैठक बस्दै

315

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दै छ ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बैठक बस्ने सांसद् लक्ष्मणलाल कर्णले जानकारी दिए ।

बैठकमा एमसीसी, महाअभियोग प्रस्तावलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । मंगलबार बसेको पार्टीका शीर्ष नेताहरुको बैठकपछि संसदीय दलको बैठक बोलाइएको हो ।

बैठकबाट एमसीसीका सम्बन्धमा पार्टीको आधिकारिक धारण तय गर्ने तयारी छ ।

Share This:
सम्बन्धित खबर
Loading...