अवैध औषधि बिक्री गर्ने २ सहित ९ जना पक्राउ

122

काठमाडौँ । अवैध औषधि बिक्री वितरण गरेको अभियोगमा नेती फर्मा र डे ड्रिम मेडिसिन सेन्टरका सञ्चालकसहित ९ जना पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समूह र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सोमबार उनीहरुलाई प्रकाउ गरेको हो ।

मोरङको सुन्दरहरैचा नगरपालिका–१९ विराचोकमा सञ्चालित नेती फर्मा र डे ड्रिम मेडिसिन सेन्टरका सञ्चालकलाई ठुलो परिणामको अवैध औषधिसहित सञ्चालक दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साथै औषधि खरिद गरी लागुऔषधको रुपमा प्रयोग गर्ने अन्य ७ जनासमेत पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मेडिकल सञ्चालक सुन्दरहरैचा नगरपालिका–१० का ४५ वर्षीय सुशील काफ्ले, काफ्लेकी श्रीमती ३२ वर्षीया गोमा कार्की, सुन्दरहरैचा–१ का २३ वर्षीय सनम खवास, सुन्दरहरैचा–१० का ३० वर्षीय अरुण राई, ३५ वर्षीय सनम तामाङ, सुन्दरहरैचा–९ का २४ वर्षीय सुवास राई, २२ वर्षीय जुसन सुनाम, २१ वर्षीय निमेश परियार र ३४ वर्षीय अनुप खड्का रहेका छन् ।

दुईवटा मेडिकलबाट प्रहरीले SPASPAIAN ४४ हजार ३७० चक्की, एन्टी कोफ १७ हजार ६२० चक्की, नेउरिन–७५ १८ हजार ९२३ चक्की, प्रि–जेड–७५ १ हजार २०० चक्की र अपाबलिन–७५ १४ हजार ६०० चक्की बरामद गरेको छ ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...