धरानमा झोलामा भेटिएको शव दिनेश सिग्देलको

301

काठमाडौँ । कोसी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान–४ स्थित आपगाछी क्षेत्रको जंगलमा भेटिएको शवको ६ दिनपछि पहिचान खुलेको छ ।

दुईवटा झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टछुट्टै फेला परेको शव झापाको दमक नगरपालिका–५ का दीपक सिग्देलको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

दमक नगरपालिका–५ का वडाध्यक्ष इन्द्र गुरुङका अनुसार सिग्देलले दमक–५ बाट राहदानी बनाएको र इलामको चुलाचुलीबाट नागरिकताको प्रमाणपत्र बनाएको खुलेको छ । प्रहरीले खोजी गरे पनि दमकमा उनलाई चिन्ने मान्छे नभएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

प्रहरीका अनुसार उनी दाजुको घरमा गएका र पारिवारिक कारणले हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

चाँडै घटनमा संलग्न व्यक्ति सार्वजनिक गरिने निरीक्षक थापाले जानकारी दिए । गएको बुधबार र बिहीबार धरान ४ को आपगाछी क्षेत्रको जंगलमा दुईवटा झोलामा हात खुट्टा, टाउको र शरीरको टुक्राटुक्रा अवस्थामा भेटिएको थियो ।

शव पहिचानका लागि प्रहरीले स्केच बनाएर सार्वजनिक गरेको थियो । उक्त घटनामा संघीय प्रहरी इकाई र इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...