गठबन्धन दलले कार्यकर्तालाई सडकमा ढुंगा हान्न लगाएर दोहोरो चरित्र देखाए : ओली

326

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन दलले कार्यकर्तालाई सडकमा ढुंगा हान्न लगाएर दोहोरो चरित्र देखाएको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौँ दहचोकस्थीत कालु पाँडेको समाधिस्थलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकारमा पनि आफैँ रहने र सडकमा पनि ढुंगा हान्न लगाएर गठबन्धनले दोहोरो चरित्र देखाएको टिप्पणी गरे ।

ओलीले आफूहरूले संघर्ष गरेर ल्याएको प्रजातन्त्रमा अहिले सत्तारुढ गठबन्धनले सडक भत्काएर माथि जान खोजेको आरोप लगाए ।

बानेश्वरमा भएको घटनाबारे बुझ्न गृहमन्त्रीलाई समेत फोन गरेर जानकारी लिएको समेत उनले बताए । प्रहरीलाई समेत सरकारले प्रदर्शनलाई रोक्ने अधिकार नदिएको समेत ओलीले बताए । त्यस्तै, उनले इतिहासको गौरवलाई मास्न नदिने र मुलुकको सार्वभौमसत्ताको रक्षा गर्ने स्पष्ट पारे ।

कार्यक्रममा वरिष्ठ साहित्यकार भूवन हरि सिग्देल, उत्तमबहादुर राउत, केदार पनेरु, डा.सुनिता थापा, कविराज गिरी लगायत १३ जनाले पृथ्वी नारायण, काजी कालु पाण्डेलगायतसँग सम्बन्धित शीर्षकमा कविता वाचन गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...