‘क्याबिनेटमा सुरक्षा टाइट गर्ने निर्णय गर्ने, सडकमा हिंसात्मक विरोधमा कार्यकर्तालाई उकास्ने’

326

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्तागठबन्धन ‘घ्यू बेचुवा र तरबार बेचुवा’ जस्ता भएको टिप्पणी गरेका छन् । उनले एमालेलाई देखाएर प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आपसमा हाबी हुन खोजेको धारणा राखेका छन् ।

उनले एमसीसीको विषयमा गठबन्धन एमालेलाई देखाएर क्याबिनेटमा सुरक्षा टाइट गर्ने निर्णय गर्ने, सडकमा हिंसात्मक विरोधमा कार्यकर्तालाई उकास्न लागिपरेको दाबी गरेका छन् ।

“‘गठबन्धन’वालाहरू घ्यू बेचुवा र तरवार वेचुवा’जस्ता,” उनले सामाजिक सञ्जालमा लेखेका छन्,“प्रधानमन्त्रीको दल र सभामुखको दल दुवै एमालेलाई देखाएर एक–अर्कामाथि हाबी हुने दाउमा छन् । क्याबिनेटमा सुरक्षा टाइट गर्ने निर्णय गर्ने, सडकमा हिंसात्मक विरोधमा कार्यकर्तालाई उकास्ने ।”

उनले सत्ता गठबन्धन कपटपूर्ण अभ्यासमा रहेको बताए । उनले भने,“हाउसमा भने दलको जानकारी बेगर ‘सिखण्डी’ खडा गरेर
बहस पनि यसैगरी, निर्णय पनि यसैगरी हुने भन्दै चिट पनि मेरै, पट पनि मेरै, चिची पनि मलाई पापा पनि मलाईको
कपटपूर्ण अभ्यासमा छन् ।”

एमालेले भने गठबन्धन नटुटेसम्म एमसीसी प्रस्तावमा मत नहाल्ने रणनीति बनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...