आइतबार ‘रणभूमि’ बनेको नयाँ बानेश्वर क्षेत्र आज शान्त

257

काठमाडौँ । काठमाडौँ उपत्यकामा अहिले सामान्य रुपमा गाडी चलिरहेको छ । आइतबार अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीले गर्दा ‘रणभूमि’ बनेको नयाँ बानेश्वर क्षेत्र आज शान्त छ ।

आज सडक र गाडीमा असर पर्ने खालको कुनै गतिविधिबारे जानकारी नआएको प्रहरीले जनाएको छ ।

सोमबार संसद् बैठक नभएकाले दलहरुले बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम राखेका छैनन् । आइतबार संसद् बैठकमा एमसीसी सम्झौता टेबल हुँदा नयाँ बानेश्वर सडक अशान्त बनेको थियो ।

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका कार्यकर्ताहरु नै एमसीसी पेस गरेको विरोधमा प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनकारी उग्र बन्दा र प्रहरीले पनि बल प्रयोग गर्दा आइतबार संसद् भवन अगाडिको सडक तनावग्रस्त बनेको थियो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास र पानीको फोहोर प्रहार गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...