एमाले र कांग्रेसका दुई दर्जन कार्यकर्ता माओवादीमा प्रवेश

240

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा (एमाले)का करिब दुई दर्जन नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

उनीहरुलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले खुमलटारमा सोमबार एक कार्यक्रमका बीच पार्टीमा स्वागत गरेका छन् ।

सो अवसरमा प्रचण्डले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारका लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने चेतना एकपटक फेरि फैलिँदै गएको बताए । मधेसमा मात्र नभइ देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको उनको भनाइ छ ।

एमाले रौटहट मोलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानुसहित नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । यस्तै, सुदूरपश्चिमबाट कांग्रेसका क्रियाशील पूर्वशिक्षक जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र पत्रकार विनोदप्रसाद भट्ट रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...