सरकार जेसुकै होस्, एमसीसी पास गर्नमा समर्थन छैन : नेपाल

163

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने विषयमा आफूहरुको समर्थन नरहेको बताएका छन् ।

संसद् बैठकपछि सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष नेपालले सरकारले जेसुकै भए पनि एमसीसी पास गर्ने विषयमा आफूहरुको समर्थन नरहेको स्पष्ट पारेका हुन् ।

“एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन । सरकार जे हुन्छ हुन्छ,” उनले भने ।

एकीकृत समाजवादीले सरकारलाई एमसीसी टेबल गर्न दिएको थियो । तर, अब पास गर्नमा भने समर्थन गर्न नसकिने उनले बताए ।

प्रतिनिधिसभाको बैठक १२ गते बस्ने गरी स्थगित भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...