राष्ट्रिय स्वाधीनता र भावनाविपरीत एमसीसी टेबल हुनु आपत्तिजनक : भीम रावल

341

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता एवम् प्रतिनिधिसभा सदस्य डा.भीम रावलले राष्ट्रिय स्वाधीनता र भावनाविपरीत एमसीसी संसद्‌मा टेबल गर्न लागिएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

आइतबार संसद् बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो आपत्ति प्रकट गरेका हुन् । “स्वतन्त्र स्वाभिमानी नेपाली जनताको अपमान भएको छ,” उनले भने ।

पृथ्वीनारायण शाहको पालादेखि नेपाल कसैको अधिनमा नभएको अवस्थामा आज संविधान मिच्ने काम भएको उनको भनाइ छ ।

विपक्षी पार्टीले संसद्‌मा अवरोध गरिरहेको बले संसद्को उक्त सम्झौता टेबल गन नहुने भन्दै नेता रावलले भने,“विपक्षी पार्टीले विरोध गरिरहेका बेला टेबल कसरी हुनसक्छ ? यो विषय नेपालको स्वाधीनता, स्वाभिमान र आत्मनिर्णयसँग सम्बन्धित भएकाले यसमा राष्ट्रिय सहमति र नेपाली जनताको भावनाविपरीत टेबल गरिने कुरा आपत्तिजनक छ ।”

रावलले शान्तिमैत्री, सीमाना र प्राकृतिक स्रोत साधनसम्बन्धी विषयमा दुईतिहाइ बहुमत चाहिने बताउँदै सरकारले एमसीसी कुन कानुन अन्तर्गत ल्याएको भनेर प्रश्न गरेका छन् ।

“जसरी, जस्तो वातावरणमा टेबल गरिँदै छ, यो आपत्तिजनक छ,“उनले भने, “यसले नेपाली जनताको अपमान भएको छ ।”

Share This:
सम्बन्धित खबर
Loading...