गठबन्धन बैठक : एमसीसी सम्झौता टेबल गर्ने सहमति

213

काठमाडौँ । सत्ता गठबन्धनदलबीच अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्‍मा टेबल गर्ने सहमति जुटेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटेको हो । बैठकमा तत्काल सत्ता गठबन्धन नै टुट्ने गरी उत्पन्न समस्या टार्ने गरी नेताहरु एमसीसी टेबल गर्न सहमत भएका हुन् ।

गठबन्धनको बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी संसद्‍मा टेबल गर्ने सहमति भएको बताए । उनले अब एमसीसीबारे उब्जिएका प्रश्न र आशंकाहरू संसदबाटै प्रष्ट हुने पनि बताउनुभयो । सरकारले अविछिन्न उत्तराधिकारी संस्थाको रुपमा एमसीसी टेबल गर्न लागेको उनको भनाइ छ ।

गठबन्धनमा भएका दलमध्ये प्रधानमन्त्री देउवाको दल नेपाली कांग्रेस एमसीसी संसद्‍मा पेस गरेर तत्काल पारित गर्नुपर्ने पक्षमा छ । तर, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीमा भने एमसीसीलाई संशोधन गरेर पारित गर्ने पक्षमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...