एकीकृत समाजवादीले संसद्‌मा एमसीसी टेबल गर्न नरोक्ने

340

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले एमसीसी सम्झौतालाई संसद्‌मा टेबल गर्न नरोक्ने भएको छ ।

शनिबार बसेको स्थायी कमिटी बैठकले यथास्थितिमा पारित गर्न नसकिने तर संसद्‌मा छलफलका लागि टेबल गर्न दिने निर्णय गरेको प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।

एमसीसी सम्झौता संसद्‌मा टेबल गरी पारित गर्ने सन्दर्भमा गठबन्धनमा एकीकृत समाजवादी नेकपा (माओवादी केन्द्र)कै लाइनमा थियो ।

माओवादीले यथास्थितिमा (संशोधन नगरी) एमसीसीका सन्दर्भमा संसदीय प्रक्रिया अगाडि बढाउन नसकिने बताउँदै आएको छ । तर, एकीकृत समाजवादी भने आफ्नो अडानबाट पछि हटेर टेबल गर्न तयार भएको हो ।

यद्यपि एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूलगायत संगठनहरु भने एमसीसी सम्झौताको विरुद्ध सडक आन्दोलनमा उत्रिएका छन् ।

स्थायी कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे १६ बुँदे व्याख्या गर्दै अन्तिममा टेबल गर्न दिने निष्कर्ष सुनाएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...