राष्ट्रघाती प्रावधान संशोधन नभएसम्म एमसीसी पारित हुन दिँदैनौँ : खनाल

291

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन् ।

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले एमसीसीले गठबन्धनलाई केही अप्ठेरो नपार्ने बताएका हुन् । गठबन्धन सहमतिका आधारमा बनेको भन्दै खनालले एमसीसीले छुनुपर्ने कुनै कुरा नरहेको जिकिर गरे।

एमसीसी गठबन्धनको नभएर मुलुक र जनताको मुद्दा भएकाले जनतको भावनाहरुलाई यसलाई टुङ्गोमा पुर्‍याउनुपर्ने धारणा राखे ।

खनालले प्रधानमन्त्रीका आफ्ना मत र चाहना रहेको र संसद नचलिरहेको अवस्थामा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीले भेट्नु स्वभाविक रहेकाले आंशका नगर्ने बताए । एमसीसीमा राष्ट्रघाती प्रावधान रहेको भन्दै नेता खनालले संशोधन नभएसम्म पास हुन नदिने उल्लेख गरे ।

Share This:
सम्बन्धित खबर
Loading...