प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

210

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सांसद्को नाराबाजी भइरहँदा शुक्रबार पनि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश गरेको छ ।

बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेपछि सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् ।

सभामुख सापकोटाले कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न समय दिएका हुन् । मन्त्री दिलेन्द्रप्रसाद बडुले प्रतिवेदन बैठकसमक्ष पेस गरे ।

यसपछि सभामुख सापकोटाले आउँदो आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिए ।

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोवटाको भूूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसद्ले संसदमा नाराबाजी गर्दै आएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...