एमालेले आज पनि संसद् अवरोधलाई कायम राख्ने

261

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद्‌मा गर्दै आएको अवरोध आज पनि जारी राख्ने भएको छ ।

दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा आज पनि पार्टीको अवरोध जारी नै रहने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

“हामीले उठाउँदै आएको माग सम्बोधन नभइ संसद् सुचारु हुने अवस्था छैन,” उनले भने,“आज पनि अवरोध कायमै हुन्छ ।”

आफूले निस्काशन गरेका १४ सांसद्लाई सभामुखले कारबाही नगरेको भन्दै निरन्तर संसद् अवरोध गर्दै आएको एमालेले आज पनि यसलाई निरन्तरता दिने भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...