एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शनिबार बस्दै

229

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक यही फागुन ७ गते काठमाडौँमा बस्ने भएको छ ।

बैठकमा देशभर भएको सांगठनिक गतिविधिको अवस्था, पछिल्लो समय विकास भएका राजनीतिक घटनाक्रमको समीक्षा, आगामी निर्वाचनमा पार्टीलाई कसरी सफल बनाउनेलगायत विषयमा छलफल गरिने पार्टीका प्रमुख सचेतक एवम् सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

पार्टीको ४५ सदस्य रहेको स्थायी कमिटीले एमसीसी तथा प्रधानन्यायाधीशविरुद्धको महाअभियोगका विषयमा समेत बैठकमा छलफल गरी पार्टीले निर्वाह गर्नुपर्ने भूमिकासम्बन्धी कार्ययोजना निर्माण गर्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...