गठबन्धनको बैठकमा सहभागि हुन प्रचण्ड बालुवाटारमा

250

काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यइक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार गइसकेको उनको सचिवालयले जानकारी दिएको छ ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन, संसद्को अवरोधलगायत विषयमा छलफल गरेर निकास निकाल्न बैठक बस्न लागेको हो । यसअघि बिहीबार बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको थियो ।

बिहीबारको बैठकमा एमसीसीलाई अघि बढाउने विषयमा कांग्रेसका नेताहरुले जोड दिएका थिए । तर, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले सहमति नजुट्दासम्म अघि बढाउन नहुने धारणा राखेका थिए ।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसअघि एमसीसीलगायत विषयमा सहमति जुटाउन छलफल हुन लागेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...