काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकका लागि कार्यक्रम तय गर्नका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
सभामुखको सचिवालयका अनुसार शुक्रबार बिहान साढे ११ बजे बस्ने गरी कार्य व्यवस्था समितिको बैठक बोलाइएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको शंकर हलमा बस्ने छ ।