एमसीसीबारे गठबन्धनको ‘निर्णायक’ बैठक बिना निष्कर्ष सकियो, भोलि फेरि बस्ने

350

काठमाडौँ । एमसीसीका विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धन बैठकमा यस विषयमा छलफल भएको र शुक्रबार बिहान १० बजे बस्ने गठबन्धनको बैठकले आवश्यक निर्णय गर्ने सरकारका प्रवक्ता एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले फागुन १६ गते सम्ममा एमसीसी निष्कर्षमा पुग्ने दाबी गरे । दलहरुका बीचमा एमसीसीका बारेमा हरेक कोणबाट छलफल भएको र कुनै ठोस निष्कर्ष निस्कन नसकेको उनले बताए । उनले एमसीसी सदनबाटै टुङ्गो लाग्ने दाबी गरे ।

बैठकमा एमसीसीलाई अघि बढाउने विषयमा कांग्रेसका नेताहरुले जोड दिएका थिए । तर, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले सहमति नजुट्दासम्म अघि बढाउन नहुने धारणा राखेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...