गठबन्धनमा दलहरुबीच दुरी बढ्यो, कांग्रेसले थाल्यो एमालेसँग छलफल

404

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसद्‌बाट पारित गर्न सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग संवाद अघि बढाएका छन् ।

एमसीसी अनुमोदन गर्ने÷नगर्ने भन्ने सत्तारुढ दलहरुबीच द्वीपक्षीय तथा बहुपक्षीय छलफल भइरहेका बेला कांग्रेसका नेताहरुले एमालेसँग छलफल चलाएका हुन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्नुअघि देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवादका लागि प्रतिनिधिहरु सक्रिय बनाएका छन् ।

स्रोतकाअनुसार कांग्रेस नेता डा.मिनेन्द्र रिजालले बिहीबार बिहानै अध्यक्ष ओलीसँग भेट गरेका छन् । उनी ओलीलाई भेट्न बालकोट पुगेका थिए भने सरकारका प्रवक्ता एवम् सञ्चारमान्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीलाई टेलिफोन गरेका थिए । दुवै नेताहरुसँगको कुराकानीमा एमाले अध्यक्ष ओलीले पहिला गठबन्धनका दलहरुको बैठकको निर्णय कुर्ने बताएका देउवानिकट एक नेताले बताए ।

प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द)्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच गत शनिबार एमसीसी टेबल गर्ने, माओवादी र एकीकृत समाजवादीका सांसद्ले मतदानमा अनुपस्थित भएर अनुमोदनका लागि सहयोग पुर्याउने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता गर्ने समझदारी बनेको देउवानिकट नेताहरुको दाबी छ ।

तर, माओवादी र एकीकृत समाजवादीले त्यो समझदारी तोडेको देउवाको ठहर छ ।

Share This:
सम्बन्धित खबर
Loading...