सत्ता गठबन्धनको बैठक सर्‍यो, साँझ ५ बजे बस्ने

131

काठमाडौँ । एमसीसी पास गर्ने वा नगर्ने विषयमा आज दिउँसो ३ बजे बस्ने भनिएको सत्ता गठबन्धनको निर्णायक छलफल सरेको छ । गठबन्धन दलका शीर्ष नेताहरूबीच आज साँझ बजे हुने छलफलबाट एमसीसीबारे छिनोफानो हुने छ ।

यसअघि बुधबार एमसीसी प्रतिनिधि सभाको बैठकमा टेबल गर्न जोडबल गरिरहेका प्रधानमन्त्री त्यसमा सफल हुन सकेनन् । गठबन्धनमा रहेका दलहरुले स्वीकार नगर्दा जसरी नि एमसीसी टेबल गर्ने देउवाको योजना सफल हुन सकेको थिएन ।

गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रले एमसीसी यथास्थितिमा पास गर्न जोरजबरजस्ती गरे सरकारबाट बाहिरिने निर्णय गरेको थियो भने अर्को दल एकीकृत समाजवादीले कुनै ठोस निर्णय गरेको थिएन । तर, संशोधनपछि मात्रै पारित गर्नुपर्ने उसको अडान रहेको थियो ।

माओवादी केन्द्रको संसदीय दलको बैठकको निर्णयबारे जानकारी गराउन र एमसीसीबारे थप छलफल गर्नका लागि अध्यक्ष प्रचण्ड बुधबार बिहान बालुवाटार पुगेका थिए । त्यसक्रममा उनले पार्टीको निर्णय र आफ्नो बाध्यताबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

पार्टीका अधिकांश नेता तथा कार्यकर्ता एमसीसीको विपक्षमा रहेकाले आफूले एक्लैले निर्णय गर्न नसक्ने प्रचण्डले देउवालाई बताएका थिए । चुनाव नजिकिएको भन्दै उनले एक वर्षपछि सार्ने प्रयास गर्न देउवालाई आग्रह गरेका थिए । तर, देउवा प्रचण्डको सो प्रस्तावमा सहमत हुन सकेनन् ।

तत्काल एमसीसी पास गर्नुपर्ने दबाबमा रहेका देउवाले अमेरिकासँगको सम्बन्धमा समस्या आउने र आगामी दिनमा विश्वस्तरबाट आउने अनुदान, सहयोग रोकिने तर्क गरेका थिए ।

गठबन्धन सरकारको नेतृत्व गरे सहयात्री दल नै बिरोधमा उत्रिँदा आफू समस्यामा परेको देउवाको भनाइ थियो । पार्टीले गठबन्धनमा कुरा नमिले पनि अघि बढ्नु पर्ने दबाब दिइरँदा सहयात्री दलको यस्तो निर्णयले प्रधानमन्त्री देउवा समस्या परेका छन ।

अन्ततः गठबन्धनको निर्णायक बैठक बोलाएर निर्णय गर्ने देउवाको प्रस्तावलाई प्रचण्डले स्वीकार गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...