काठमाडौँ । नेकपा (एमाले)का नेता एवम् मुगुका सांसद् मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले पूर्वमन्त्रीसमेत रहेका बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको मुद्दा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो ।
महिलाको जाहेरीको आधारमा गत बिहीबार बानियाँविरुद्ध जबरजस्ती करणी मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानले बताए ।
डिएसपी न्यौपानेले आरोपित बानियाँको खोजी भइरहेको बताए ।
पीडित शिक्षिकाले भने आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर होटलमा बोलाएको र त्यही होटलमा बिहानीपख जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छन् ।