प्रचण्डसँगको छलफलपछि देउवाले बोलाए गठबन्धनको बैठक
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीचको छलफल सकिएको छ ।
देउवा र प्रचण्डबीच भएको छलफलमा एमसीसीबारे गठबन्धनभित्र निर्णायक छलफल गर्ने सहमति भएको बताइएको छ ।
“आज एमसीसी टेबल नगर्ने, भोलि गठबन्धनको बैठक बस्ने र सहमतिका लागि अधिकतम् पहल गर्ने निर्णय भएको छ,” बालुवाटार स्रोतले बतायो ।
प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार दुई नेताबीचको छलफलले भोलि ३ बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाइएको छ ।