प्राङ्कको नाममा सर्वसाधारणको अनुमतिबिना भिडियो बनाउँदै हिँडेको आरोपमा आकाश सेडाई पक्राउ

271

काठमाडौं- सार्वजनिकस्थलमा मजाक, ख्यालठट्टा वा मस्करी (प्राङ्क)को नाममा सर्वसाधारणको भिडिओ बनाउँदै हिँडेको आरोपमा प्रहरीले युट्युबर आकाश सेडाईलाई पक्राउ गरेको छ।

‘नेपाली प्राङ्कस्टर्स’नाम युट्युब च्यानल सञ्चालन गर्ने झापा विर्तामोड नगरपालिका-४ का २७ वर्षीय आकाश सेडाईलाई प्रहरीले पक्राउ गरेको हो।

भक्तपुर कौशलटार बस्दै आएका सेडाईलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको आरोपमा मंगलबार पक्राउ गरिएको साइबर ब्युरो भोटाहिटीले जनाएको छ।

प्राङ्कको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरान पार्ने र दिग्दारी दिनेजस्ता क्रियाकलाप गरी त्यस्तो भिडिओ युट्युब च्यानलमा राख्ने गरेको पाइएको साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताए।

Share This:
सम्बन्धित खबर
Loading...