२४ घन्टामा थपिए ६८० कोरोना संक्रमित, २ जनाको मृत्यु

321

काठमाडौँ । नेपालमा मंगलबार ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ हजार २ सय ५६ पिसिआर परीक्षणका क्रममा ४९८ जना र २ हजार ८ सय ३९ एन्टिजेन परीक्षणका क्रममा १ सय ८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९०२ जनाको मृत्यु भएको छ ।

मंगलबार थप १ हजार ८३५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ४२ हजार ७३७ जना निको भएका छन् ।

हाल नेपालमा १९ हजार ४ सय सक्रिय संक्रमित आइसोलेसन र ११२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...