एमसीसी सम्झौताको पक्षमा उभिने कांग्रेसको निर्णय

223

काठमाडौँ । नेपाली कांग्रेसले अमेरिकी सहयोग सम्झौता एमसीसीलाई संसद्‌बाट अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ ।

संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसी सम्झौता अनुमोदनसम्बन्धी प्रस्तावको पक्षमा उभिने निर्णय गर्दै यसलाई संसद्‌बाट अनुमोदन गर्नुपर्ने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले एमसीसीबारे नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको अघिल्लो सरकारले संसद्‌मा दर्ता गराएको प्रस्ताव संसद्मा टेबुल गरी पारित गर्नुपर्ने निर्णय भएको बताए ।

ओली सरकारले दर्ता गरेको एमसीसी सम्झौता अनुमोदनसम्बन्धी प्रस्तावबारे प्रतिपक्षमै हुँदा पनि कांग्रेसले निर्णय लिइसकेको उनले बताए । एमसीसी सम्झौताको पक्षमा सबै दल उभिने विश्वास बैठकले लिएको छ । त्यस्तै, बैठकले प्रधानन्यायधिशविरुद्धको महाभियोगलाई पारित गर्नका लागि सबै दलले सहयोग गर्ने बताए ।

बैठकमा कांग्रेस सांसदहरूले एमसीसीमा केन्द्रित भएर धारणा राखेका थिए ।

परराष्ट्रमन्त्री डा.नारायण खड्का र पूर्वअर्थमन्त्री डा. रामशरण महतले एमसीसीबारे सांसद्हरूलाई ‘ब्रिफिङ’ गरेका थिए । पूर्वअर्थमन्त्री महत्तले एमसीसी अनुमोदन नगरे अमेरिकासँग सम्बन्ध बिग्रने भएकाले यसलाई अनुमोदन गर्नुपर्ने बताए । उनले एमसीसीले दिएको समय १६ फागुनभित्रै अनुमोदन गराउनुपर्ने पनि बताए ।

Share This:
सम्बन्धित खबर
Loading...