शशांकले भने– भोलिको संसद् बैठकमा एमसीसी पेस हुन्छ

317

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीसम्बन्धी प्रस्ताव पेस हुने बताएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मंगलबार बसेको संसदीय दलको बैठकबाट बाहिरिने क्रममा उनले बुधबार बस्ने संसद् बैठकमा एमसीसी पेस हुने सम्भावना रहेको बताएका हुन् ।

“एमसीसीबारे हामीले छलफल गरेका छौँ । एमसीसीको सफल कार्यान्वयनबारे डा.रामशरण महतले सबैलाई जानकारी गराउनुभयो,” उनले भने,“सम्भवतः भोलिको बैठकमा एमसीसी पेस गर्ने गरी तयारी हुँदै छ ।”

उनले एमसीसी लागु भएका विश्वका अन्य मुलुकमा अमेरिकी सेना प्रवेश नगरेको जिकिर गर्दै कांग्रेस एमसीसी पारित गर्नुपर्ने पक्षमा प्रष्ट रहेको पनि बताएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...