सभामुखलाई फोन गरेर प्रधानमन्त्रीले भने– कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुस्

325

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेतासमेत रहेका देउवाले फोन गरेर सभामुख सापकोटालाई प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न आग्रह गरेका हुन् ।

मंगलबार संसदीय दलको बैठक चलिरहँदा प्रधानमन्त्री देउवाले सभामुख सापकोटालाई फोन गर्दै कार्यव्यवस्था परामर्श समितिको बैठक डाक्न आग्रह गरेको स्रोतले जानकारी दियो ।

बैठकमा संसद्हरुले बुधबारको बैठक बस्ने वा नबस्ने निधो खोजेपछि प्रधानमन्त्री देउवाले सभामुखसँग संवाद गरेका हुन् ।

प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध गरे पनि संसद् बैठक सञ्चालन गर्नुपर्ने पक्षमा रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...