स्थानीय चुनावमा आवश्यकताअनुसार गठबन्धन हुन्छ : गगन थापा

266

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार गठबन्धन हुने बताएका छन् ।

बनेपास्थित नेपाली कांग्रेस काभ्रपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता–कार्यकर्तासँगको भेटघाटमा उनले केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्ने समेत दाबी गरे ।

थापाले भने,“कुन पालिकामा कुन दलसँग गठबन्धन गर्ने भन्ने कुरा पालिका समिति, जिल्ला कार्यसमितिलगायत जिल्ला तहबाटै निर्क्यौल गर्ने हो यसो गर्दा मात्रै उपलब्धि हासिल गर्न सकिन्छ ।” केन्द्र निर्देशित गठबन्धनले स्थानीय निर्वाचनमा अपेक्षित उपलब्धि प्राप्त गर्न निकै गाह्रो हुने उनले बताए । “निर्वाचन सरकारले तोकिएकै समयमा हुन्छ । कसैले हुन्न भन्ने हल्ला गरेर नहुने होइन, ढुक्क हुनुस् सरकार निर्वाचन गर्न तत्पर छ,” उनले भने ।

नेता थापाले टोल समितिले पार्टी बलियो हुने बताए । उनले पार्टी संगठनको सबैभन्दा तल्लो निकाय टोल समिति रहेकाले सबैभन्दा बलियो बनाउनुपर्ने उल्लेख गर्दै टोलटोलमा कांग्रेसको समिति बनाएर पार्टीलाई बलियो बनाउन निर्देशन समेत दिए । “टोलटोलमा कांग्रेसलाई क्रियाशील बनाउन जरुरी छ, यसले मात्रै पार्टी बलियो हुन्छ,” उनले दोहोर्याए ।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले फागुन १ गतेदेखि वढास्तरमा संगठन विस्तार अभियान सञ्चालन गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...