प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव ढिलो भए पनि सही निर्णय : गगन थापा

377

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव ढिलो भए पनि सही निर्णय भएको बताएका छन् ।

सोमबार बनेपामा नेपाली कांग्रेस काभ्रेले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले न्यायलयमा रहेको गतिरोध अन्त्यका लागि महाअभियोग आवश्यक रहेको तर्क गरेका छन् । “सर्वोच्च अदालतमा महिनौँदेखि प्रधानन्यायाधीशसँग न्यायाधीशले बेञ्च सेयर नगरेको अवस्था थियो । बार र बेञ्चमा भएका कोही पनि उहाँसँग बहस गर्न तयार थिएनन् । उहाँमाथि संगीन आरोप लागेकाले सहज बहिर्गमनका लागि अनुरोध गरेका थियौँ । न्याय परिषद् र न्याय सेवा आयोगबाट कर्मचारी प्रशासनमार्फत् अतिरिक्त सक्रियता देखाएकाले महाअभियोग गर्दा गरिएको हो,” उनले भने ।

महाअभियोग पास हुने÷नहुनेबारे यसै भन्न नसकिने भन्दै उनले यसबारे संसद्ले नै निर्णय गर्ने बताए ।

एमसीसीबारे अनावश्यक छलफल भएको भन्दै उनले छिटोभन्दा छिटो संसद्मा प्रवेश गराएर अनुमोदन गर्नुपर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...