चार न्यायाधीशविरुद्ध महाभियोगको तयारी, एमालेले थाल्यो हस्ताक्षर संकलन

249

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले चार जना न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

संसद् पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध एमालेले महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता पक्षका ९८ संसद्ले आइतबार महाअभियोग दर्ता गरेको भोलिपल्ट त्यसको प्रत्युत्तरमा एमाले‘काउन्टर महाअभियोग’ तयारी गरेको हो । विशेषगरी सभामुखमाथि महाअभियोग दर्ता गराउन एमालेले आफ्ना संसद्हरुको हस्ताक्षर संकलनको गृहकार्य थालेको छ ।

सोमबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको एमालेले त्यहीँबाट हस्ताक्षर संकलन गर्ने र महाअभियोगको प्रस्ताव तयार पार्ने तयारी गरिरहेको एमालेका एक नेताले बताए । संसदीय दलको बैठकमा अनिवार्य उपस्थित हुन एमालेले आइतबार नै आफ्ना सांसद्लाई ह्विप जारी गरिसकेको छ ।

आइतबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको एमाले सचिवालयको बैठकले प्रधानन्यायाधीश जबरामाथि लागेको महाभियोगको प्रतिवाद गर्ने निर्णय गरेको थियो । सोही प्रतिवादको तयारीका लागि एमालेले सोमबार संसदीय दलको बैठक बोलाएको हो ।

एमाले सचिवालय बैठकले जबराविरुद्धको महाभियोग प्रस्ताव अदालत, लोकतन्त्र र सार्वभौम सत्तामाथिको षड्यन्त्रपूर्ण कदम भएको निष्कर्ष निकाल्दै असफल पार्ने निर्णय गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...