प्रधानमन्त्रीलाई योगेशको प्रश्न : नेपालको चुच्चे नक्सा कता गयो ?

272

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले १ सय दिनमा गरेका कामहरुबारे प्रकाशन गरिएको पुस्तकमा चुच्चे नक्सा नराखेको भन्दै विरोध भएको छ ।

नेपाल सरकारले प्रकाशन गरेको तस्बिरमा सरकारका १०० दिन नामक पुस्तकमा चुच्ने नक्सा नराखिएको भन्दै विरोध भएको हो ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले संसद्ले सर्वसम्मतरुपमा पास गरेको नेपालको चुच्ने नक्सा कता गयो भन्दै प्रधानमन्त्रीसमक्ष प्रश्न गरेका छन् ।

“नेपाल सरकार प्रकाशक रहेको तस्बिरमा सरकारका १०० दिन पुस्तकमा नेपालको संसदले सर्वसम्मत रुपले पास गरेको नेपालको चुच्चे नक्सा कता गयो प्रम देउवाज्यू ?” उनले भनेका छन्, “कि तपाईंलाई संसद्को निर्णय मान्य छैन ? होइन भने यो हदको लापरवाही गर्नेलाई कारबाही भएको र प्रधानमन्त्री देउवाले सार्वजनिक रुपमा माफी मगेको खबर सुन्न नेपाली जनता आतुर छन् ।”

Share This:
सम्बन्धित खबर
Loading...