सहयोग गर्ने देश सबैलाई एउटै दृष्टिकोणले हेर्नुपर्छ : प्रकाशशरण महत

376

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सहयोग गर्ने देशहरु सबैलाई एउटै दृष्टिकोणबाट हेनुपर्ने बताएका छन् ।

शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)लाई हेर्ने दृष्टिकोाण अन्य देशहरुलाई जस्तै हुनुपर्ने बताए । अन्य देशको सहयोगलाई हेर्ने दृष्टिकोाण र एमसीसीलाई हेर्ने दृष्टिकोाण फरक बनाउँदा परराष्ट्र सम्बन्धमा असन्तुलन आउने उनको भनाइ छ ।

“देशैपिच्छे अलग मापदण्डका आधारमा सहायता स्वीकार गर्ने हो भने परराष्ट्र सम्बन्ध असन्तुलन हुन्छ र देशलाई खतरा हुन्छ,” उनले भने । एमसीसीका विषयमा अन्योल खडा नगरी संसद्‌बाट पास गर्नुपर्ने उनको तर्क छ । उनले थपे,“एमसीसीमा अहिलेसम्म सरकारमा सहभागी दलहरुको सहभागिता रहेको छ । नेपालको स्वार्थका आधारमा आएको हो, बखेडा झिक्नु गलत प्रवृत्ति हो ।”

नेता महतले सरकारले ल्याएका प्रस्ताव संसद्‌मा टेबुल गराउनु सभामुखको दायित्व रहेको बताए । “सरकारले ल्याएको प्रस्तावमा सभामुखले म यो संसद्‌मा पेस गर्छु, यो गर्दिनँ भन्ने जिम्मेवारीभित्र पर्दैन,” उनले भने । संसद्‌मा छलफल भए यस विषयमा निकास निस्कने उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...