एमसीसीविरुद्ध आन्दोलनमा उत्रन मोहन वैद्यको आग्रह

342

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेज गर्न माग गरेका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै महासचिव किरणले एमसीसीविरुद्ध आन्दोलन अघि बढाउनसमेत आग्रह गरेका छन् ।

“हाम्रो पार्टी अमेरिकी साम्राज्यवादको यस प्रकारको प्रत्यक्ष हस्तक्षेप र संसदवादी राजनीतिक पार्टीहरुले गरेको अमेरिकी साम्राज्यवादको नाङ्गो दलालीको तीव्र भत्र्सना र घोर विरोध गर्दछ,” उनले विज्ञप्तिमा भनेका छन्,“साथै, देशको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर खतरा मडारिरहेको वर्तमान स्थितिमा एमसीसी परियोजनालाई खारेज गराउन र देशको सार्वभौमिकताको रक्षा गर्नका लागि सबै क्षेत्रबाट आवाज वुलन्द गर्नुका साथै संघर्ष अगाडि बढाउन हामी सम्पूर्ण देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी पार्टी, समुदाय र व्यक्तित्वहरुमा हार्दिक अपिल गर्दछौँ ।”

Share This:
सम्बन्धित खबर
Loading...