आजदेखि पशुपतिनाथ मन्दिर सर्वसाधारणका लागि खुला

298

काठमाडौँ । हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ ।

कोरोना भाइरस महामारीका कारण झन्डै एक महिनादेखि दर्शनार्थीका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुल्ला गरिएको हो ।

काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले मठमन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान कायम गरेपछि मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

दर्शनार्थीले मास्क अनिवार्य लगाउनु पर्नेछ भने सरकारबाट जारी भएका स्वास्थ्य मापदण्ड पालना गरिने कोषको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...