मन्त्रीहरुलाई कारबाहीको माग गर्दै युवा संघद्वारा प्रदर्शन

265

काठमाडौँ । नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पाँच दलीय गठबन्धन सरकारका जनविरोधी कामविरुद्ध प्रदर्शन गरेको छ ।

बिहीबार दिउँसो काठमाडौँको नयाँ बानेश्वरमा भेला भएर उनीहरुले सरकारविरुद्ध प्रदर्शन गर्दै नाराबाजी गरेका हुन् ।

प्रदर्शनमा सहभागी युवा संघका कार्यकर्ताले ‘स्थानीय तह निर्वाचनको स्वीकार्यता, मूल्यवृद्धि फिर्ता गर, गुमेको भूमि फिर्ता गर, रेणु यादवलाई बर्खास्त गर, खोप चोरी प्रकरणको छानबिन गर, स्वास्थ्यमन्त्रीलाई कारबाही गर’ लगायत प्लेकार्डसहित नाराबाजी गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...