देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

159

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अनुमोदन गर्ने विषयमा छलफल भएको छ ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच एमसीसीबारे छलफल भएको हो ।

प्रधानमन्त्री देउवालाई भेट्ना प्रचण्ड र नेपाल बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । स्रोतका अनुसार प्रचण्ड र नेपालले अहिलेकै अवस्थामा एमसीसी पास गर्न नसकिने भन्दै अझै केही समय लिएर मात्रै अघि बढाउनुपर्ने बताएका थिए ।

कम्तीमा चुनावअघि एमसीसीलाई अघि बढाउन नसकिने भनाइ थियो । तर, प्रधानमन्त्री देउवाले भने आफूले दिएको समयसीमाभित्रै एमसीसी अनुमोदन गराउनुपर्ने अडान लिएका छन् ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले यसअघि सामूहिकरुपमा एमसीसीलाई पत्राचार गर्दै फेब्रुअरी २८ भित्र संसद्‌बाट एमसीसी अनुमोदन गराउने वचन दिएका थिए । तर, माओवादी अध्यक्ष प्रचण्ड त्यो प्रतिवद्धताबाट पछि हटेका छन् ।

आजै बिहान कांग्रेस नेता डा.शेखर कोइराला र प्रचण्डबीच पनि छलफल भएको थियो । कोइरालासँ भेटवार्तापछि नेपालसहित प्रचण्ड बालुवाटार पुगेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...