प्रचण्ड र कोइरालाबीच भेटवार्ता

337

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग भेटवार्ता गर्न प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

नेता डा.कोइराला केही बेरअघि प्रचण्ड निवास पुगेको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपालियाले जनाकारी दिए ।

उनका अनुसार दुई नेताबीच समसामयिक राजनीतिक विषयहरु, एमसीसी, स्थानीय तहको चुनावलगायतबारे छलफल हुने छ ।

भेटवार्तामा प्रचण्डसँगै माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा एमसीसी पास गराउन बल गरिरहेका बेला नेता कोइरालाले राजनीतिक भेटवार्तामा तिव्रता दिएका छन् ।

यसअघि मंगलबार डा.कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर भेटवार्ता गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...