कांग्रेस उम्मेदवारलाई जिताउन गीत–संगीतसहित घरदैलो अभियान थालिने

302

काठमाडौँ । नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक संघले आगामी वैशाख ३० गते हुने स्थानीय चुनावका लागि कांग्रेसको प्रचारप्रसारका लागि केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका संगठनहरुलाई सक्रिय बनाउने भएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले कांग्रेसलाई बहुमत दिलाउन सांस्कृतिक कार्यक्रमसहित ७७ वटै जिल्लाका जनताका घरआँगनमा पुग्ने जानकारी गराएको हो ।

संघले चैत्र मसान्तभित्र नेपालका ७५३ पालिकामा समग्र संगठनात्मक संरचना निर्माण गरी ती संगठनहरुद्वारा स्थानीय, प्रदेश र संघको निर्वाचनहरुमा सहभागिता जनाउने संकल्प र निर्णय पनि गरेको छ ।

संघका सभापति तीर्थबहादुर थापाले आगामी निर्वाचनमा कांग्रेसलाई अत्याधिक मतले विजयी गराउनका लागि स्रष्टा र संस्कृतिकर्मीहरुलाई सक्रिय र सशक्तरुपमा परिचालन गरिने बताए ।

कांग्रेसले हालसम्म गरेका र भविष्यमा गर्ने कामहरुको सम्बन्धमा गीत, संगीत, कविता, नाटक, प्रहसन, नृत्यको माध्यमबाट जनतासम्म पुर्याउने थापाले बताए ।

कांग्रेसबिना यो मुलुकको समृद्धि र पूर्वाधार खडा हुन नसक्ने थापाले जिकिर गरे । नेपालमा भएका अहिलेसम्मका विकासका काम ती सबै कांग्रेसको सरकारको समयमा भएको उनले दाबी गरे ।

Share This:
सम्बन्धित खबर
Loading...