देउवाले एमसीसी पारित गर्न दबाब दिएर देशलाई द्वन्द्वतर्फ धकेल्न खोजे : सिपी मैनाली

374

काठमाडौँ । नेकपा (माले)का महासचिव सिपी मैनालीले प्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाएका छन् । एमसीसी पारित गर्न दबाब दिएर देउवाले देशलाई ठुलो भिडन्तमा लान खोजेको आरोप लगाएका छन् ।

सोमबार रिपार्टर्स क्लब नेपालमा २८ दलसहितको संयुक्त जनआन्दोलनले एमसीसीविरुद्ध गर्ने विरोध प्रदर्शनबारे जानकारी गराउने कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री देउवाले देशलाई द्वन्द्वमा धकेल्ने प्रपञ्च गरिरहेको बताए ।

उनले एमसीसी पारित गर्न खोजे देशमा ठुलो भिडन्त हुने समेत बताए । देशमा भिडन्त भएमा देउवा नै मुख्य जिम्मेवार हुने उनको भनाइ थियो ।

नेपाल सरकार र एमसीसीबीच भएको पहिलो पटक (२०७४ साल भदौ) मा हस्ताक्षर हुँदा सुरुमै संसद्‌बाट अनुमोदन गर्ने नलेखिएको बताए । “नेपाल सरकार र एमसीसीबीच भएको पहिलो पटक २०७४ साल भदौमा हस्ताक्षर हुँदा सुरुमै संसद्‌बाट अनुमोदन गर्ने लेखिएको थिएन,” उनले भने,“त्यसलाई १ वर्षपछि संसद्‌बाट अनुमोदन गर्ने एमसीसी हेडक्वाटरबाट नेपालमा लिखत आयो यहाँको शीर्ष नेता, कर्मचारीहरुले विगतको नजिर पनि हेर्दै नहेरी पास गर्न अगाडि बढेका छन् । विगतका नजिर नहेरी यस्ता सम्झौता–सन्धीहरु नेपाल सरकारले पारित गरेको इतिहास छैन ।”

नेता मैनालीले संविधानको प्रावधान नहेरी गर्न नपर्ने कुरालाई पनि थुपारेर अनुमोदन पछिको दुष्प्रभावको बारेमा केही नसोची संसद्बाट अनुमोदन गर्न जुटेको आरोप लगाए ।

एमसीसी सम्झौतामा उल्लेख भएका कुरा कानुन सरह हुने पनि उनले दाबी गरे । एमसीसी सम्झौता नेपालको कानुनभन्दा अमेरिका माथि हुने स्पष्ट भएको उनले जिकिर गरे ।

Share This:
सम्बन्धित खबर
Loading...