आफ्ना माग पूरा नभए नयाँ पार्टी खोल्ने कमल थापाको चेतावनी

129

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले आफ्ना माग पूरा नभए नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन् ।

सोमबार चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा आफूपक्षको छुट्टै भेला आयोजना गर्दै नेता थापाले स्थानीय तहको चुनावको मिति घोषणा हुँदासम्म आफूले अघि सारेका तीनवटा माग पूरा नभए नयाँ पार्टी दर्ताको चेतावनी दिएका हुन् ।

“स्थानीय चुनावको मिति सरकारले घोषणा गर्नुअघि सैद्धान्तिक, संगठनात्मक र व्यवहारिक विषयमा उठाइएका प्रश्न निराकरण हुँदैन भने हामीले विकल्प खोज्नुपर्ने विकल्प हुनसक्छ । त्यो अवस्थाका लागि तयार भएर बस्नुस्,” थापाले आफूनिकट नेताहरुलाई सम्बोधन गर्दै भने ।

आफूले विकल्प खोजेको अवस्थामा साथ दिन समेत उनले नेताहरुलाई आग्रह गरे । उनले भने,“म दबाब दिन्नँ, आफ्नो अन्तरआत्मलाई सुन्नुस् ।

यद्यपि समाधान खोजिएमा पार्टीमा क्रियाशील भएर लाग्ने उनले बताए । अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थापाले पार्टीको महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप भएको भन्दै छानबिनको माग गरेका छन् ।

भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरु सहभागी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...