कांग्रेस प्रवक्तामा प्रकाशशरण महत

268

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा.प्रकाशशरण महतलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएका छन् ।

महत १४औँ महाधिवेशनमा सभापति देउवाकै समूहबाट सहमहामन्त्री पदका उम्मेदवार थिए । तर, उनी पराजित भएका थिए ।

सभापति देउवाले उनलाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए । केन्द्रीय सदस्यमध्येबाट प्रवक्ता नियुक्त गर्ने प्रचलन छ ।

सभापति देउवाले आज महतलाई पार्टी प्रवक्ता नियुक्त गरेको कांग्रेस पार्टी कार्यालय स्रोतले जानकारी दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...