प्रधानमन्त्री देउवा र प्रचण्डलाई एमसीसीले भन्यो– प्रतिवद्धता अनुसार सम्झौता अनुमोदन गर्नुस्

307

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)ले आउँदो फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र एमसीसी सम्बन्धी सम्झौता अनुमोदन गर्न ध्यानाकर्षण गराउँदै नेपाललाई पत्र पठाएको छ ।

एमसीसी मुख्यालयले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनको दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई संयुक्त पत्र पठाएर सम्झौता अनुमोदन गर्ने अन्तिम समयसीमा सम्झाएको हो ।

अमेरिकी सरकारको सहायता परियोजना एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृतले ३ फेब्रुअरीमा नेपाललाई पत्र लेख्दै एमसीसी सम्झौता कार्यान्वयनका लागि अमेरिकाले लामो समय कुर्न नसक्ने प्रष्ट पारेका हुन् ।

यसअघि असोज १३ मा प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसी मुख्यालयलाई लेखेको पत्रमा सम्झौता संसद्‌बाट अनुमोदन गर्ने प्रतिवद्धता जनाउँदै पाँच महिनाको समयसीमा मागेका थिए । त्यो समयसीमा १६ फागुनमा सकिँदै छ ।

दुवै नेताले पत्रमा पाँच महिनामा एमसीसीका पक्षमा सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग सकरात्मक छलफल गर्ने र एमसीसी अनुमोदनका लागि वातावरण बनाउने प्रतिवद्धता जनाएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...